रुसले आफ्ना नागरिक लैजान जहाज पठाउने

२०७७ बैशाख ८ गते, सोमबार

काठमाडौं,८ बैशाख । नेपालमा रहेका आफ्ना नागरिक लौजान रुसले रोयल फ्लाइट एयरलाइन्सको चार्टर्ड विमान काठमाडौं पठाउने भएको छ ।,रुसको विमान सोमबार बिहान १० बजे काठमाडौं आइपुग्ने र त्यसपछि लकडाउनका कारण रोकीएका १४३ जना आफ्ना नागरिक लिएर १२ बजेर ३० मिनेटमा फर्किने बताइएको छ ।
रुसले लकडाउनका कारण रोकिएका विभिन्न देशका नागरिकलाइसमेत उद्धार गरिहेको छ । नेपालमा रहेका रुसी नागरिकलाई फिर्ता लैजान नेपालस्थित रसियन दुतावासको पहलमा विमान चाटर्ड गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]