ट्रम्प आप्रवासीलाई आउन नदिने आदेश जारी गर्दै

२०७७ बैशाख ९ गते, मंगलवार

काठमाडौं , ९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्नै भएका छन् । कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘अदृश्य शत्रूको आक्रमण र हाम्रा महान् अमेरिकी नागरिकको जागीरको रक्षा गर्नु आवश्यक रहेकाले अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा रोक्न म कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु ।’ उनले आप्रवासी रोक्नका लागि कस्तो विधि अपनाउने छन् र यो कति लामो अवधिका लागि हुनेछ भन्ने पनि कुनै उल्लेख गरिएको छैन ।
महामारीको खराब अवस्था पार गरेको र मुलुक क्रमशः आफ्ना गतिमा फर्कने दाबी गरिएकै बेला ट्रम्पले यो आदेश जारी गर्न लागेका हुन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]