आज ७१ औँ कम्युनिष्ट पार्टी स्थापना दिवस

२०७७ बैशाख १० गते, बुधबार

काठमाडौं, १० वैशाख । आज ७१ औँ कम्युनिष्ट पार्टी स्थापना दिवस, नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७० बर्ष पुरा भएर ७१ औँ बर्षमा प्रवेश गरेको छ ।
आजकै दिन भारतमा नेपाल कम्युनिष्ट पार्टीको गठन गर्न पुष्पलाल श्रेष्ठ नेतृत्वको पाँच जनाको टोलीले बैठक बसेर पार्टीको घोषणा गरेका थिए । पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नर बहादुर कर्माचार्य, रामविलाश जोशी र मोतीदेवीले जन्माएको कम्युनिष्ट पार्टी पछि टुट फुट, विभाजन , झापा आन्दोलन र माओवादी जनयुद्ध हुदै ७१ बर्षमा पुग्दा समेत अझै पनि सपना साकार हुन नसकेको जनगुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]