‘कोरोना भाइरस चीनको प्रयोगशाला बनाइएको वा चुहावट भएको भन्नेमा कुनै आधार छैन ‘
काठमाडौँ, १० वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस कुनै जनावरबाट नै मानिसमा सरेको दाबी गर्दै कोरोना भाइरस चीनको प्रयोगशाला बनाइएको वा चुहावट भएको भन्नेमा कुनै आधार नभएको बताएको छ । गत हप्ता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस वुहानको एक प्रयोगशालामा बनाइएको दाबी गरेका थिए र यो अप्रमाणित रिपोर्टहरुको छानबिन गरिदै गरेको बताए ।
वुहान चीनको शहर हो जहाँ गत वर्ष डिसेम्बरमा कोरोना भाइरसको पहिलो घटना पत्ता लागेको थियो । मंगलबार, डब्ल्यूएचओका प्रवक्ता फडेला चाबले भने कि अहिलेसम्मका सबै प्रमाणहरू भाइरस प्रयोगशालामा बनेको तथ्यको विपरीत छन् ।
जेनेभामा मिडिया ब्रीफिंगको क्रममा उनले भने, ‘भाइरस जनावरबाट आएको सम्भावना नै उच्च छ ।’ यद्यपि उनले यो पनि भने कि भाइरस जनावरबाट मानिसमा कसरी सर्यो भन्ने चाहिँ स्पष्ट हुन सकेको छैन । चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।