अखिल क्रान्तिकारीद्वारा राहत वितरण
काठमाडौँ , ११ बैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र मजदूरलाई राहत वितरण गर्ने भएको छ । सो संगठनका ललितपुर अध्यक्ष अग्रिमले बुधबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण विद्यार्थी र दैनिक ज्यालादारी मजदूरको चुलो बल्न छोडेकोले राहत वितरण गरिरहेको बताउँदै सम्पर्क गर्न आग्रह गरेका हुन् । अग्रिमले जारी गरेको विज्ञप्तिमा सरकारले घोषणा गरेको राहत बास्तविक पीडितभन्दा पनि आफ्ना आसेपासेलाई वितरण गरिएको आरोप लगाएका छन् । त्यस्तै ललितपुरका स्थानीय तहले राहत वितरण गरेको भनिएपनि झन्झटिलो सर्तका कारण बास्तविक पीडितलाई राहत उपलब्ध नगराए मतदातालाई खुशी पार्ने काम भइरहेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।
अध्यक्ष अग्रमिले बास्तविक पीडितलाई राहत उपलब्ध गराउन माग समेत गरेका छन् । त्यस्त उनले संकटको बेला पनि सरकारका मन्त्री नै कमिसन र भ्रष्टाचारमा संलग्न भएको भन्दै कारवाहीको माग समेत गरेका छन् ।