अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइदै

२०७० आश्विन ३१ गते, बिहीबार

काठमाडौं, ३१ असोज – आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, विभेदरहित विश्वका लागि सहकार्य : चरम गरिबीमा रहेकाहरुको अनुभव र ज्ञानको विकास भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ तारिखका दिन गरिबी निवारण दिवस मनाउन थालिएको हो ।राष्ट्रसंघले दैनिक २ डलरभन्दा कम आम्दानी भएका मानिसलाई गरिबको सुचीमा राखेको छ ।राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्य अनुसार विश्वका सबै मुलुकले सन् २०१५ सम्म गरिबी अन्त्य गर्ने प्रतिबद्धता जनाएपनि त्यो हाँसिल गर्न कठिनाइ देखिएको छ ।नेपालमा अझै पनि ३५ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि रहेका छन् भने उनीहरुको दैनिक आम्दानी १ डलरभन्दा कम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]