भारतमा कोरोनावाट ७२१ को मृत्यु
काठमाडौँ, १२ वैशाख । भारतमा कोरोनावाट ७२१ को मृत्यु भएको छ भने संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ७२१ पुगेको हो । भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ । बुधबार काेराेनाबाट ३६ जनाकाे मृत्यु भएकाे थियाे भने १२ सय ९० नयाँ संक्रमित फेला परेका थिए ।