कोरोनाविरूद्धकाे औषधि परीक्षणमै विफल

२०७७ बैशाख १२ गते, शुक्रबार

काठमाडौँ , १२ बैशाख । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध एक प्रभावकारी एन्टिभाइरल औषधिका रुपमा परीक्षण गरिएको औषधि असफल भएको छ । संगठनका अनुसार कोरोना विरुद्ध प्रभावकारी हुने भनी विश्वव्यापी आशा गरिएको यो औषधी पहिलो अनियमित क्लिनिकल परीक्षणमा असफल भएको हो । यस एन्टिभाइरल औषधीको नाम ‘रिमडेसिभिर’ (remdesivir) राखिएको छ । यो औषधि चीनले परीक्षण गरिरहेको थियो तर असफल भएको बताइएको छ । परीक्षणका क्रममा जम्मा २३७ जना कोरोनाका बिरामीमध्ये १५८ जनालाई रिमडेसिभिर औषधि दिइएको थियो भने बाँकीलाई प्लेसबो दिइयो । एक महिनापछि रिमडेसिभिर लिने बिरामीहरूमध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो । जबकि प्लेसबो लिने बिरामीहरूमध्ये १२.८ प्रतिशतको मात्र मृत्यु भयो ।
यस औषधिको साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यो औषधि निर्माणमा एक अमेरिकी कम्पनी गिलियड विज्ञान लागिपरेको थियो भने परीक्षण चीनमा भएको बिबिसीले जनाएकाे छ ।
रिमडेसिभिर औषधिको बारेमा धेरै आशा थियो । तर यो औषधि दिएका बिरामीमा कुनै सुधार देखिएन । यसको मतलब कीटाणुनाशक औषधि दिनाले बिरामीको रगतमा कीटाणुहरू कम भएन । यस असफलताको रिपोर्ट डब्ल्यूएचओले प्रकाशित गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु