मन्त्रीपरिषद्को बैठक बस्दै , अध्यादेश फिर्ता हुन् सक्ने
काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रीपरिषद् बैठक बोलाएका छन् । बैठकमा हालै जारी अध्यादेशका बिषयमा छलफल र फिर्ता लिने निर्णय हुन सक्ने बताईएको छ ।
प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए। बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो। साथै कोरोना नियन्त्रण र रोकथाम लगायतका बिषयमा समेत छलफल हुनुका साथै लकडाउन के गर्ने भन्ने बिषयमा समेत छलफल हुने बताईएको छ ।