अनेमसंघ क्रान्तिकारी अध्यक्ष चन्द पुनः गिरफ्तार
काठमाडौं, १४ वैशाख । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई अाज जिल्ला प्रशासन कार्यालय दाङले रिहा गर्न अादेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गरेर बेपत्ता बनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका अाज जिल्ला प्रशासन कार्यालय दाङले २ हजार धराैटी रिहा गर्न अादेश दिएको थियो । दाङकाे घाेराही वडा प्रहरी कार्यालयको हिरासतमा रहेकी उनलाई प्रहरीले पुनः गिरफ्तार गरेर बेपत्ता बनाइएको छ । करिब डेढ वर्ष अघि उनलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म विभिन्न अाधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेकाे छ ।सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, र दाङकाे जेल हिरासतमा प्रहरीले राखिरहेकाे छ तर उनलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छाेड्ने अादेश दिइराखेकाे भएपनि माथिको अादेश भन्दै प्रहरीकाे टाेलीले गिरफ्तार गरिरहेकाे छ ।