वुहान पुरानै लयमा फर्कियाे

२०७७ बैशाख १५ गते, सोमबार

काठमाडौं, १५ वैशाख । कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल चीनको वुहान शहरमा कोरोना संक्रमित कुनै पनि बिरामी अब अस्पतालमा नरहेको जनाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मेइ फेंगले भनेका छन् कि वुहानमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि बिरामी अब अस्पतालमा छैनन् । सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ ।
‘स्वास्थ्यकर्मीको कडा मेहनतका कारण वुहानमा भर्ना भएका सबै संक्रमित मानिसहरु राम्रोसँग बाहिर आएका छन्।’ मेइले भने ।
वुहानबाटै विश्वव्यापी महामारी फैलियो र अहिले संसारका सबैजसो देशमा यसा भाइरसको संक्रमणले सताइरहेको छ । तर उद्गमस्थल वुहानमा भने संक्रमित सबै जना निको भइसकेर अस्पतालबाट बाहिर निस्केको बताइएको छ ।
कोरोना संक्रमणको प्रकोप बढेपछि चीनको हुबेई प्रान्तअन्तरगतको यो शहर ७६ दिनसम्म पूर्ण रूपमा बन्द थियो । यहाँ कोरोना भाइरसको पहिलो केस गत वर्ष डिसेम्बरको मध्यतिर आएको र अन्तिमतिर पहिचान भएको बताइन्छ । अहिले याे शहर पुरानै लयमा फर्किसकेकाे दाबी गरिएकाे छ । -बिबिसी

प्रतिक्रियाहरु

[anycomment]