रित्तै काठमाडौं फर्किनुपर्ने गाडीमा यात्रु चढेर आएपछि…
काठमाडौं, १५ वैशाख । महानगरिय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले सोमबार बिहान चार/पाँच वटा बस नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा हरेक बसमा १० देख १२ जना यात्रु भेटिएकाले उनीहरुलाई बससहित नागढू्रंगाबाट प्रवेशमा रोक लगाई फर्काईएको जानकारी दिएका छन । काठमाडौं बाहिरबाट आएका सवारीसाधनबाट यात्रुहरु समेत प्रवेश गर्न खोजेपछी ती सवारी साधनसहित नागढुंगाबाट फर्काईएको हो ।
काठमाडौं जिल्ला बाहिर जान चाहनेलाई सम्बन्धित गाउँपालिकाहरुको समन्वयमा बिभिन्न बसमा जिल्ला पठाउने गरिएकोमा सोही बस काठमाडौं भित्रिने क्रममा खाली आउनुपर्नेमा यात्रु भरेर ल्याउने गरेकाले फर्काईएको उनको भनाई छ । बसमा आएका यात्रुहरु काठमाडौें घर भएका र बिभिन्न जिल्लामा फसेकाहरु रहेको बुझिएको छ ।
लकडाउनको समयमा सीमानाकामा कडाई गरेको सरकारले काठमाडौंबाट बिभिन्न जिल्ला बाहिर जानमा रोक लगाएतापनि कुनै पनि सर्वसाधारणलाई काठमाडौं प्रवेश गर्न दिईएको छैन । आज बिहान चारवटा बसमा ५० जनाको संख्यामा मानिसहरु आएको बुझिएको छ ।।।