कुहिएको चामल बेच्ने बानियाँ थुनामा
काठमाडौँ, १७ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा राजेश राइस मिलका व्यवसायी पटवारी बानियाँलाई पूर्पक्षलाई थुनामा राखिएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार शाहको इजलासले व्यवसायी बानियाँलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार डिल्ली शर्माले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले राहतको चामल कम गुणस्तर र सरकारले तोकेको मापदण्ड विपरित रहेको भन्दै व्यवसायीविरुद्ध मुद्दा दायर गरेको थियो । राहत सामग्री खरिद प्रकृयाबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पनि अनुसन्धान गरिरहेको छ ।