अखिल क्रान्तिकारी सुनसरीद्वारा राहत वितरण

काठमाडौं , १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी) मेची- कोशी क्षेत्रीय समन्वय समिती अन्तर्गत सुनसरी जिल्ला समितिले कोरोना महामारीका कारण समस्यामा परेका विद्यार्थी,मजदुर लगायत विपन्न परिवारलाई इटहरीमा राहत वितरण गरेको छ। जिल्ला अध्यक्ष नताशा सुवेदीको नेतृत्वमा ३५ जनालाई राहत वितरण गरेको हो। ‘२५० किलो चामलका साथै दाल राहत स्वरुप दिएका छौ । ‘ यस कार्यमा इकाई समेतका साथीहरुको सक्रियतामा अफ्ट्यारोमा परेका परिवारका लागि केही सहयोग होस् भनेर यस अभियानमा जुटेको अध्यक्ष सुवेदीले बताईन । उनले करोडौं रकम कोरोना राहत कोषमा जम्मा भएपनी राज्यका शासकहरुले वास्तविक पिडित जनतालाई वितरण गर्न नसकिरहेकोमा रोष प्रकट गरिन । ‘केही समय अघि संगठनको मेची -कोशी संयाेजकले विज्ञप्ति मार्फत राहतमा जुट्न अपिल समेत गरेको हुँदा हामी थप सक्रियता पुर्वक समस्यामा परेका विद्यार्थी, मजदुर लगायतका साथमा हुनेछौं । कोरोना महामारीबाट वच्न सबैले मास्क, सेनिटाइजर र नियमित साबुन पानीले हात धुन अनुरोध गर्दछौं साथै दुरि कायम गरि आफ्ना गतिविधि गर्नुहुन समेत अनुरोध गर्दछौं’ उनले भनिन् ।