पत्रकार पाठक पक्राउ

काठमाडौं, १८ बैशाख । रेडियो नेपालका बोर्ड सदस्यस एबम पत्रकार दीपक पाठकलाई प्रहरीले साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । झापा स्थायी घर भएका पाठकलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो । पाठकको कसूरबारे प्रहरीमा जानकारी भने आइपुग्न बाँकी रहेको बताइएको छ ।