सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार

२०७७ बैशाख १८ गते, बिहीबार

काठमाडौं, १८ बैशाख । बैतडी, दार्चुला र पिथौरागढका अधिकारीदबीच उच्चस्तरीय सहमतिपछि सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई बिहान ९ बजेदेखि नेपाल प्रवेश गराउन सुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जनाकारी दिए । उनले उनीहरु सबैको स्वास्थ्यमा कुनै समस्या नरहेको भारतीय पक्षले जानकारी गराएको बताएका छन् ।
उनीहरुलाई नेपालतर्फ पनि स्वास्थ्य जाँच गराउँदै प्रवेश गराइएको छ । उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन आग्रह गरेको समेत उनले बताए ।
धार्चुला नाकामा १० जिल्लाका नागरिक बसेका छन् । बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराउन थालिएको छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु