साउदीमा कोरोना भाइरस संक्रमित ६ जना नेपाली निको भए
काठमाडौं , १९ बैशाख । साउदीका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद सिंह राजपुत्का अनुसार बैदेशिक रोजगारीको लागि साउदी पुगेका कोरोना संक्रमित ६ नेपाली निको भएका छन् । साउदीमा ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । ६ जना निको भएसँगै अब साउदीमा २५ नेपाली कोरोना संक्रमित रहेका छन् । यसअघि जेद्दा क्षेत्रमा २६ जना नेपाली श्रमिकलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियोे ।
राजपुतले दिएको जानकारीअनुसार कोरोना संक्रमित ६ जनाको स्वास्थ्य सामान्य भएपछि उनीहरुलाई घर पठाइएको छ भने अन्यको उपचार भइरहेको छ । साउदीमा अहिलेसम्म २२ हजार ७ सयभन्दा धेरै जनामा कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जसमा ६२ जनाको ज्यान गइसकेको छ ।