नेपाल र भारत मैत्रिपूर्ण फुटबल मंसिर ४ देखि

२०७० कार्तिक १ गते, शुक्रबार

काठमाडौं । नेपाल र भारतबीच मंसिर ४ गते मैत्रिपूर्ण फुटबल हुने भएको छ । जुन दिन नेपालमा दोस्रो संविधानसभाका लागि मतदान हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले राखेको मैत्रिपूर्ण फुटबलको प्रस्ताव अल इण्डिया फुटबल फेडेरेसनले स्वीकार गरेको हो । नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल भारतको चेन्नईमा हुनेछ । नेपालसँग खेल्ने अघि भारतीय फुटबल टोलीले १५ नोभेम्बरमा फिलिपिन्ससँग मैत्रिपूर्ण खेल खेल्नेछ ।
नेपाल र भारतबीच अहिलेसम्म १४ भेट भएको छ, जसमा ९ खेल भारतले जितेको छ । ३ खेलमा नेपाल विजयी भएको छ । तर, पछिल्लो पटक हालै काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतमाथि २–१ को जित निकालेको थियो । फिफाले बिहीबार जारी गरेको नयाँ बरियतामा भारत १५४ र नेपाल १६५ औं स्थानमा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु