भुल्केमा जनजीवन सामान्य बन्दै

२०७७ बैशाख २१ गते, आईतवार

काठमाडौं , २१ बैशाख । २८ जना कोरोना संक्रमित पुष्टि भएपछि त्रसित बनेको उदयपुरको भुल्केमा थप अरु नबढेपछि जनजीवन केही सामान्य बन्दै गएको छ । भुल्केमा उदयपुरको जनजीवन ११ औं दिनसम्ममा नथपिएपछि त्रसित जनजीवन सामान्य बन्दै गएको थियो ।
भुल्केमा पहिलोपटक वैशाख ५ गते एकैसाथ १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्ट थप एकजनामा पुष्टि भएको थियो । नौ गते थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलीपल्ट वैशाख १० गते थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २८ पुगेको थियो ।
त्यसपछि संक्रमितहरुको सम्पर्कको आधारमा वैशाख ११ गतेदेखि थप स्वाव नमुना संकलन गरी परीक्षण गरिएको छ । भुल्के र आसपासका क्षेत्रमा स्वाव परिक्षण गरिएपनि थप संक्रमित भेटिएका छैनन् । वैशाख ११ यता हालसम्ममा संक्रमितसंगको सम्पर्क भएका र बढि शंका गरिएकाहरु दुईसय जना भन्दा बढिको स्वाव नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । जसमध्ये करिब १ सय ७० जनाको रिपोर्ट नेगेटिभ आइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । अन्य करिब ३० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अझ पनि परीक्षणको कार्य जारी रहेको र कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेकोले प्रशासनले लकडाउन भने कडाइ गरेको छ । प्रशासनले भिडभाड, कार्यक्रम, अत्यावश्यक बाहेकका व्यपार व्यवसाय निषेध जारी राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु