कोरोना संक्रमितको संख्या ६० पुग्यो
काठमाडौं, २१ बैशाख । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै संक्रमितको संख्या ६० पुगेको छ । विरगञ्जका ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ । आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन आग्रह गरेका थिए ।
हालसम्म नेपालमा १६ जना कोरोना सक्रमितहरु निको भइसकेको छन्, भने बाँकी उपचाररत छन् ।