भारतमा काेराेनावाट १ हजार ३ सय ९१ को मृत्यु , संक्रमितकाे संख्या ४२ हजार नाघ्याे

काठमाडाैं, २२ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा साेमबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१ पुगेकाे छ भने संक्रमितकाे संख्या ४२ हजार ५ सय ५ पुगेकाे छ । यसैबीच ११ हजार ७ सय ७५ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ हजार ८ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६८ जनाको मृत्यु भएको छ । भारतमा आतबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार ३२३ थियाे भने संक्रमित संख्या पनि ३९ हजार ६९९ थियाे ।
भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ । काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ {जेठ ४} सम्म पुराएकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन हिजाे सकिएकाे थियाे ।