‘आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने ‘
काठमाडाैं, २२ वैशाख । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आज धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
नगरकोटीका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको हो । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेकाे छ । पोहोर र परार यसरी लगातार जसो पानी नपरे पनि यसपालि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको हाे ।
मौसमविद् नगरकोटीले यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेकाे छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको छ । आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाकाे अनुमान छ ।