‘नेपाल सरकारले आफ्नो भूमि फिर्ता गराउन तुरुन्त प्रभावकारी कदम चालोस् ‘

२०७७ बैशाख ३० गते, मंगलवार

काठमाडौँ , २९ बैशाख । जनअधिकार अभियान नेपालले भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेत भूभागमा अतिक्रमण गरी सडक बनाई उद्घाटन समेत गरिसकेको भन्दै आपत्ति जनाएको छ । जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै सो आपत्ति जनाएका हुन् । अध्यक्ष भण्डारीले नेपालको भूभाग अतिक्रमित गरी सेना बसाइँ बाटो निर्माण गर्ने भारत सरकारको साम्राज्यवादी, विस्तारवादी चरित्र एवं दादागिरी शैलीको घोर निन्दा एवं भत्सर्ना समेत गरेका छन् । उनले नेपालको उक्त भुभागबाट भारत सरकारले आफ्ना सेना तत्काल फिर्ता गर्न माग समेत गरेका छन् ।
त्यसैगरी विगतदेखि सन्धी, सम्झौता, अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध भारत सरकारले यस किसिमको हर्कत निरन्तर गर्दै आइरहेकोमा यसप्रति नेपाल सरकार कुनै पनि प्रभावकारी र परिणामुखी कदम नउठाई लाचारिपन र निरिहता देखाएको प्रति अभियानले दुःख एवं खेद प्रकट समेत गरेको छ । अध्यक्ष भण्डारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकारले आफ्नो भूमि फिर्ता गराउन तुरुन्त प्रभावकारी कदम चालोस् ।”
अभियानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डताप्रति ठाडो हस्तक्षेपका विरुद्ध राष्ट्रियताका पक्षधर सम्पूर्ण नेपाली एक भएर मिचिएको भूमि फिर्ता लिने तर्फ एकजुट हुन अपील समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार