क्यान्सरको मुख्य कारक वायु प्रदूषण
जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले हालै गरेको एक अध्ययनमा वायु प्रदूषण क्यान्सर रोगको मुख्य कारक भएको तथ्य फेला पारेको छ । घर बाहिर हुने गरेका धुवाँ धुलोका साथै सवारीका साधनहरूबाट निस्किने प्रदूषित धुवाँ र सडकको धुलाको कारण यस्तो रोगको प्रकोप पछिल्ला वर्षरूमा बढ्दै गएको पाइएको सो अनुसन्धानमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनको क्यान्सर रोगसम्बन्धी अनुसन्धान गर्ने संस्था इन्टरनेशनल एजेन्सी फर रिर्सचअन क्यान्सरले र्सार्वजनिक गरेको सो अनुसन्धानमा उक्त तथ्य भेटिएको बताइएको छ । हामीले हाल आएर यो तथ्य भेटेका छौँ कि क्यान्सर रोगबाट हुने अधिकांश मृत्युहरूको कारण घरबाहिर हुने गरेको प्रदूषण पाइएको छ- सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अनुसन्धानमा लेखिएको छ- यो प्रदूषण नै मानिसको फोक्सो र ब्लडमा हुने क्यान्सरको सबैभन्दा ठूलो कारण हो ।