पहिचान गुमाउँदै पचपन्न झयाले दरबार
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको पचपन्न झयाले दरबार पछिल्लो समयमा पर्यटकको आकर्षा केन्द्र बन्न सकेको छैन । दरबारले पुरातात्विक, ऐतिहासिक र कलात्मक वस्तुस्थिति झल्काए पनि दरबारको बाहिरी भाग धुलो, माकुराको जालो र भित्र रहेका आकर्षा कलात्मक चित्र क्रमिक रूपमा मेटिँदै गएपछि दरबार हर्ेदा पर्यटक लोभिन छाडेका छन् । भक्तपुरमा मात्र मासिक २० हजारको संख्यामा पर्यटक आउने गरेको तथ्याङ्क भक्तपुर नगरपालिका सूचना केन्द्रको छ तर कति पर्यटकले दरबार अवलोकन गर्छ भन्ने जानकारी नगरपालिकासँग छैन । भक्तपुर नगरपालिका र पुरातत्व विभागको लामो समयसम्म आन्तरिक विवादका कारण दरबार बन्द गरी गत वर्षेखि मात्र र्सवसाधारणका लागि खुला गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । पर्यटन विकास समिति भक्तपुरका सचिव रामसुन्दर भेले भक्तपुरमा पर्यटक आउने संख्यामा बृद्धि हुँदै गए पनि पचपन्न झयाले दरबारमा कमजोर व्यवस्थापनका कारण उल्लेख्य रूपमा अवलोकनकर्ता पर्यटकको संख्यामा बृद्धि हुन नसकेको गुनासो गर्छ । जिल्ला विकास समिति, भक्तपुर नगरपालिका र पुरातत्व विभागले पर्यटकलाई लामो समयसम्म भक्तपुरमा राख्ने वातावरण बनाउने हो भने ५५ झयाले दरबार मात्र नभई अन्य पुरातत्विक वस्तुको पनि अवलोकन गर्ने सयम पर्याप्त हुने भन्दै भेले भन्नुहुन्छ, ‘सम्बन्धित निकायले दरबारको बाहिरी र भित्री भौतिक संरचनालाई व्यवस्थित गर्दै जाने हो भने स्वाभाविक रूपमा दरबारप्रति पर्यटकको ध्यान केन्द्रित हुनेछ ।’ भक्तपुर नगरपालिका सम्पदा उपशाखाका प्रमुख कृष्णगोपाल प्रजापति पनि पछिल्लो समयमा दरबारमा अपेक्षाकृत रूपमा पर्यटकको आँखा जान नसकेको बताउछन् । ‘यस्तो दरबार अन्तर्रराट्रय स्तरमा रहेको भए मासिक करोडौँको आम्दानी बन्न सक्ने थियो’ उनले भने- ‘पर्ूण्ारूपमा सरसफाई र भित्तेचित्र संरक्षण गर्न नसक्दा दरबारबाट सोचेजतिको लाभ लिन सकिएको छैन ।’ पचपन्न झयाले दरबार नेपालको मात्र नभई विश्वकै सम्पत्ति भएको बताउँदै उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत दरबारको संरक्षण पुरातत्व विभागले गर्नुपर्ने भए पनि स्थानीय स्तरमा भएकाले दरबारमा पर्यटकको आकर्षा केन्द्र बनाउन नसक्नुमा आफूहरू पनि जिम्मेवार रहेको स्वीकार गरे । ‘नगरपालिकाले समय-समयमा दरबारको सरसफाई गरिए पनि केही समय अगाडि अवलोकनकर्ताले जथाभावी रूपमा भित्तेचित्र छुने, फोटो खिच्चे, धुलो, धुवाँ र पानीका बाफका कारण चित्र नष्ट हुँदै गएको जानकारी दिँदै प्रजापतिले भने- ‘अहिले अवलोकनकर्तालाई दररबारमा जथाभावी रूपमा अवलोकन गर्न रोक लगाइएको छ ।’ दरबारको संरक्षण गर्ने जिम्मेवारी पाएको पुरातत्व विभागअर्न्तर्गतको भक्तपुर दरबार हेरचाह कार्यालयका प्रमुख मंगलादेवी प्रधान भक्तपुर नगरपालिका र हेरचाह कार्यालयको आन्तरिक समस्याले गर्दा पर्यटकको आकर्षा केन्द्र बन्न नसकेको स्वीकार गर्छ । ‘पुरातात्विक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो तर दरबारको संरक्षण र सर्म्बर्द्धन गर्न नगरपालिकाले जिम्मेवारी लिएकाले पुरातत्वले चाहेर पनि दरबारको संरक्षण गर्न सकेको छैन’ प्रधानले भन्नुभयो, ‘दरबार संरक्षण जीर्णोद्धार र रेखदेख गर्ने जिम्मेवारी पुरातत्वको भए पनि नगरपालिकाले स्थानीयस्तरमा भएको सम्पदाको स्थानीय निकायले संरक्षण रेखदेख गर्न पाउनुपर्छ भन्ने अडान राखेकाले संरक्षण पनि नगरपालिकाले नै गर्नुपर्छ ।’