अखिल क्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाल गिरफतार : दश बिद्यार्थी संगठनद्वारा तत्काल रिहा गर्न माग

२०७७ जेष्ठ २२ गते, बिहीबार

काठमाडौँ , २१ जेठ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले बुधबार काठमाण्डौको माइतीघरमण्डलाबाट गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रीय अध्यक्ष तथा अधिवक्ता ढकाललाई जातिय भेदभाव गरी हत्या गरिएका रुकुमका नवराज बिक लगायतका छ जनाको हत्या बिरुद्ध संयुक्त बिद्यार्थी संगठनहरुले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमबाट गिरफ्तार गरिएको हो । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ।
यसैबीच विभिन्न १० बिद्यार्थी संगठनले एक संयुक्त प्रेस बिज्ञप्ति निकाली अखिल क्रान्तिकारी अध्यक्ष चिरन्जिबी ढकालको गिरफ्तारीको बिरोध गरेका छन्। उनीहरुले ढकालको गिरफ्तारीको बिरोध गर्दै बिना शर्त रिहाइको माग पनि गरेका छन्। उनीहरुको संयुक बिज्ञप्तिमा, “सरकारी फाँसीवादी हर्कतले पंचायती शासन र जहानियाँ राणा शासनलाई सेट मात दिदै लोकतन्त्रको भद्दा मजाक गरिएको” उल्लेख गर्दै मानव अधिकारको समेत हनन गरिएको तथा निरंकुस र फाँसीवादी परिचय दिएको टिप्पणी गरिएको छ। फेरी पनि दमन र धरपकड जारी रहे कडा संघर्षका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने सो संयुक्त हस्ताक्षरित बिज्ञप्तिमार्फत चेतावनी दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]