कोरोना संक्रमितको संख्या २९१२ पुग्यो !

२०७७ जेष्ठ २३ गते, शुक्रबार

काठमाडाैँ, २३ जेठ । पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ भने कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको बताए । उनले बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको जानकारी दिए । अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् ।
हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’मा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् ।
दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’मा रहेका उनले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु