प्रधानमन्त्रीलाई खुल्ला – पत्र : जनताको जीवन रक्षाका लागि छिटोभन्दा छिटो सरकारको ध्यान जाओस्

२०७७ जेष्ठ २८ गते, बुधबार

सम्माननीय प्रधानमन्त्रीज्यु
सादर , नमस्कार !

अहिले हामी लगाएत सारा विश्व नै बडो जटिल समस्या रहेको कोरानासँग सङ्घर्ष गरिरहेका छौँ । उपचारै नभएको रोग कोरोना कोभिड १९ भन्ने थाहा हुँदाहुँदै पनि कत्ति दिन लुकेर बस्ने ? खालि लकडाउनमात्र गरेर होइन अब कोरोनासँग जिउने अभ्यास गर्नुपर्ने हाम्रो वाध्यता भएको छ ।
यसका लागि सामाजिक दूरी कायम गरी हरेक क्षेत्रमा अपनाउनुपर्ने सावधानिका बारे जनस्तरमा चेतना फैलाएर अघि बढ्नुपर्छ । अहिलेको पहिलो आवश्यकता भनेको जनताको जीवन रक्षा हो । जनतालाई सरकारले अभिभावकत्त्व महसुस गराउनु सक्नुपर्छ । सबैलाई सहयोग पुग्ने किसिमको नीति ल्याउन सक्ननुपर्छ ता कि कोही पनि आउँदा दिनमा कसरी जीवन धान्ने ? भन्ने तनावले आत्महत्या थर्न नपुगुन् ।
अहिले विश्व नै धेरै पछाडि धकेलिरहेको अवस्थामा नेपालजस्तो गरीब मुलुकमा मान्छेको मुख्य समस्या भुखमरी भएको छ । मान्छेले खानेकुराको जोहो गर्न नै नसक्ने अवस्थामा अन्य किनमेल गर्न सक्ने अवस्था रहने छैन । हरेक क्षेत्र टाट पल्टिँदै गइरहेको अवस्थामा आर्थिक हिसाबले सबैभन्दा बढी साना तथा मझौला उद्योगी र व्यापारीहरु मारमा परिरहेका छन् ।
लकडाउन खोलेर पनि व्यापारव्यावसाय हुन सक्ने अवस्था छैन । पहिलेको तुलनामा ४ भागको १ भाग पनि व्यापार हुन नसक्ने अवस्थामा कसरी घरवेटीलाई पहिलेकै जस्तो भाडा तिर्न सक्छन् ? बैङ्ककर्जाको साँवा व्याज तिरेर कसरी परिवार पाल्न सक्छन् ? सन्तानको शिक्षा, स्वास्थ्यको व्यवस्था कसरी मिलाउन सक्छन् ?
त्यसैले हरेकको आम्दानिको, खर्चको लगत लिएर छुट दिने व्यवस्था सरकारबाटै ल्याउनुपर्छ । जस्तो कि घरभाडा, पसलभाडा, बैङ्कको कर्जाको व्याजदर, सरकारलाई बुझाउनुपर्ने कर आदि । कोही पनि मर्कामा नपर्ने किसिमको रणनीति ल्याउनुसक्नुपर्छ । कमाउनुतिर भन्दा पनि सबैले बाँच्न पाउनु नै अहिलेको आवश्यकता हो । नत्र कोरोनाले भन्दा पनि मानसिक तनावले धरैले जीवन बर्वाद गर्न पुग्छन् ।
विज्ञहरुसँग भएको छलफलको सही मुलयाङ्कन गरेर निचोड तुरुन्तै निकालेर देश विकासको काम भन्दा पनि जनताको जीवन रक्षाका लागि छिटोभन्दा छिटो लकडाउनको मोडालिटी तयार पारेर तुरुन्त अविलम्बन गरियोस् । यस कुराप्रति सरकारको गम्भीर ध्यान जाओस् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार