‘लकडाउन खुकुलो पार्ने मुलुकहरूमा दोस्रो चरणको कोरोना संक्रमण फैलियो ‘

काठमाडौं, ३१ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस प्रति संवेदनशिल हुन आग्रह गर्दै केही मुलुकमा दोस्रो चरणको महामारी देखिन थालेकाले अझ सतर्कता अपनाउनुपर्ने बताएको छ । केही मुलुकमा लकडाउन गर्दा सामान्य नियन्त्रण हुँदै गर्दा लकडाउन हटाइएको र सवाधानी नपुर्याउदा पुन संक्रमण फैलिएको संगठनको भनाइ छ ।
डब्लूएचओका कार्यकारी निर्देशक डा. माइकल रायनले भनेका छन्- ‘अहिले केही देशमा संक्रमणका घटना पुनः देखा पर्न थालेको, जुन संक्रमणको दोस्रो लहर हुन सक्छ। अर्को शब्दमा, त्यहाँ यो रोग पूर्ण रूपमा समाप्त भएको छैन, भाइरस केही समयका लागि मत्थर भएको थियो, तर अब यसले फेरि आफ्नो खुट्टा उचाल्दै छ।’ उनले थपे- ‘विश्वका धेरै देश अहिले पनि कोरोना महामारीको पहिलो लहरमै छन्। युरोप, दक्षिण पूर्व एसिया, उत्तर अमेरिकाका केही देशमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। केही देशले कोरोनाबाट बढ्दो संक्रमण तथा मृत्यु रोक्न लकडाउन लागू गरेका छन्।’
दोस्रो चरणमा संक्रमण फैलिनुका कारण लकडाउन खुल्ला गराउनु रहेको यनको भनाइ छ । कोरोना भाइरसको संक्रमण विश्वका धेरै मुलुकमा तीब्र फैलिरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण संसार भर ४ लाख २८ हजार २ सय ४८ को मृत्यु भइसकेको छ ।-एजेन्सी