आज सिरहा बन्द

सिरहा, ८ कार्तिक । नेकपा– माओवादीले आज सिरहा बन्द गरेको छ।चुनावी अभियानका लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाललाई अवरोध गर्न माओवादीले बन्द घोषणा गरेको हो । दाहाललाई सिरहा आउनबाट रोक्न र उनको चुनावी कार्यक्रममा अवरोध पुर्याउन बन्द घोषणा गरिएको नेकपा–माओवादी सिरहाले विज्ञप्तीमार्फत् जनाएको छ।
नेकपा–माओवादीका सिरहा अध्यक्ष जितेन्द्र सिंहले दहालको घरदैलो कार्यक्रमलाई अवरोध पुर्याउन बन्द घोषणा गरिएको बताए। दाहाल सिरहा क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन्। उनी पहिलो पटक क्षेत्रमा चुनावी प्रचार गर्न आउँदै छन्। दुई साता आगाडि उनी क्षेत्र नम्बर ५ को मिर्चैया र गोलबजारमा चुनावी सभा सम्बोधन गरी काठमाडौं फर्केका थिए। सम्बोधनका क्रममा उनले भनेका थिए, ‘यो ट्रेलर हो, फिल्म दसैंपछि देखाउँछु।’ उनको यो भाषणले जिल्लाको चुनावी राजनीतिमा हलचल मच्चाएको छ।