कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो !

२०७७ असार ३ गते, बुधबार

काठमाडौं, ३ असार । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका २२ वटा प्रयोगशालामा भएका परीक्षणमा ५ सय ८६ जना संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या सात हजार १ सय ७७ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नमुना परीक्षणमा ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा ११, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २७, नारायणी अस्पताल वीरगन्जमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा २६५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा ९९, त्रीवी शिक्षण अस्पताल, महाराजगञ्जमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २०, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही ५९, भेरी अस्पताल प्रयोगशाला ३२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा ३३, प्रादेशिक अस्पताल, सुर्खेतमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १४, सेती प्रादलेशीक अस्पतालमा ७ गरेर बुधबार ५८६ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये ४० जना महिला छन् भने ५४६ जना पुरुष छन्।
यस्तै कोरोना संक्रमितवाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार