कोरोना संक्रमणबाट ४८९ चिकित्सकको मृत्यु !

काठमाडौं, ५ असार । रुसी सरकारी संस्था रोजद्रावनादजोरले रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको जनाएको छ । रुसमा एक महिना अगाडिसम्म १ सय १ जना मात्र चिकित्सकको मृत्यु भएको जनाइएकोमा अर्को एक महिनामा चिकित्सक मृत्युको संख्या ह्वात्तै बढेको हो । रोजद्रावनादजोरले रुसमा स्वास्थ्य क्षेत्रलाई निगरानी गर्दछ । रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै यसको मुख्य कारण भएको बताएका छन् ।
विश्वमा कोरोना संक्रमणका दृष्टिले तेस्रो धेरै संख्या रहेको रुसमा ५ लाख ६१ हजार बढी संक्रमित छन् । त्यहाँ हालसम्म ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।