कोरोना संक्रमितको संख्या ८ , ६०५ पुग्यो !

काठमाडौँ , ६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३ सय ३१ जनामा कोरोना भाइरसको पुष्टि भएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ३१ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ ।