कोरना संक्रमितको ११ हजार १ सय ६२ पुग्यो !

२०७७ असार ११ गते, बिहीबार

काठमाठौं, ११ असार । आज देशभर ४ सय ३४ जना संक्रमित थपिएका छन् । देशभरका २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यस मध्य महिला ४८ जना रहेका छन् ।नेपालमा रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । यो सगैँ देशभर संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ ।
यसैगरी , आज देशभरबाट ३ सय १२ जनाले कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज डिस्चार्ज हुनेमा महोत्तरीबाट २१, दैलेखबाट ७ , रौतहटबाट ८० जना, सर्लाहीबाट ६९ जना, बलम्बुबाट १ , टिचिंगबाट २, सुर्खेतबाट ३२, सप्तरीबाट १५, , सिराबाट १ जना र बाकेका विभिन्न स्थानबाट अन्य संक्रमित मुक्त भएका हुन् । आज डिस्चार्ज हुनेमा १९ महिला र २ सय ९३ पुरुष रहेका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या २ हजार ६ सय ६० पुगेका छन् । जस मध्य २ सय १६ जना महिला रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]