कोरोना संक्रमितको सख्या १२ हजार ३ सय ९ पुग्यो !

२०७७ असार १३ गते, शनिबार

काठमाडौं, १३ असार । आज देशभरका २३ वटा प्रयोगशालामा भएका परीक्षणमा ५ सय ५४ संक्रमित थपिएका छन् । जस मध्य महिला एक सय २० रहेका छन् । आज रसुवामा समेत संक्रमित फैलिए सगैँ देशको ७७ वटै जिल्लामा कोरोना पुगेको छ । यो सगैँ देशभर संक्रमित १२ हजार ३ सय ९ पुगेका छन् । नेपालमा हाल सम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ भने २८ सय बढी डिस्चार्ज भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]