अखिल (क्रान्तिकारी)द्वारा शैक्षिक माफिया र नाफाखोरहरुलाई कारबाही गर्ने उदघोष

२०७७ असार १६ गते, मंगलवार

काठमाडौँ , १६ असार । अखिल (क्रान्तिकारी) उपत्यका क्षेत्रीय समन्वय समितिले नाफाको हकदार आफू र लगानीको जिम्मेवारी अभिबावकको टाउकोमा थुपार्ने निजि शैक्षिक संस्थाहरुको रबैया अत्यन्तै खेदजनक रहेको भन्दै सङ्कटको यस विषम परिस्थितिमा समेत न्युनतम मानबिय सम्बेदना र सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्था , शैक्षिक ब्यापारी , माफिया तथा नाफाखोरहरुलाई कारबाही गर्ने उदघोष गरेको छ । अखिल (क्रान्तिकारी) उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्क बहादुर बिकले आज एक बिज्ञप्ती जारी गर्दै सो उदघोष गरेका हुन् ।
यस बिषयमा संयोजक बिकले जारी गरेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ – “कोरोना महामारीको सङ्कटका कारण हाल नेपालको शैक्षिक क्षेत्र समेत ठप्प रहेको छ । कोरोना सङ्क्रमण नियन्त्रणमा नआइसकेको कारण शैक्षिक क्षेत्र सुचारु हुने अवस्था तत्काल देखिदैन । यस्तो परिस्थितिमा अध्ययन अध्यापनको निरन्तरताको लागि गाउँ तथा सहरका सबै विद्यार्थीहरुलाइ न्यायोचित हुने गरि बैकल्पिक उपाय अबलम्बन गर्न हाम्रो सङ्गठनले सरकार लगायत सम्बन्धित सरोकारवालाको बारम्बार ध्यानाकर्षण गरिरहेको कुरा अवगत गराउन चाहन्छौं । हाल प्याब्सन र एन प्याब्सनको निर्देशनमा निजि शैक्षिक संस्थाहरुले विद्यार्थी भर्ना गर्ने , शुल्क असुली गर्न अभिभावकलाई पत्र पठाउने र दबाब दिने काम भैरहेको छ । साथै अनलाइन कक्षाको बाहनामा शुल्क असुली गर्न विभिन्न ढङ्गले विद्यार्थी तथा अभिबाबकलाइ दबाब सिर्जना गर्ने काम भैरहेको छ । यस प्रति हाम्रो सङ्गठन घोर बिरोध प्रकट गर्दै उक्त कार्य तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छ । साथै अहिलेकै परिस्थितिमा विद्यार्थी भर्ना नगर्न र शुल्क नतिर्न अभिभावकहरुलाइ अपिल गर्दछौं । राज्यका सम्बन्धित निकायलाई मुकर्दशक भएर नबस्न र कडाइपुर्बक नियमन गर्न पनि जोडदार माग गर्दछौं ।
नाफाको हकदार आफू र लगानीको जिम्मेवारी अभिबावकको टाउकोमा थुपार्ने निजि शैक्षिक संस्थाहरुको रबैया अत्यन्तै खेदजनक रहेको छ । तसर्थ सङ्कटको यस विषम परिस्थितिमा समेत न्युनतम मानबिय सम्बेदना र सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्था , शैक्षिक ब्यापारी , माफिया तथा नाफाखोरहरु माथी सङ्गठनको तर्फबाट आवश्यक कार्बाही गरिने कुरा समेत जानकारी समेत गराउन चाहन्छौं । ”

प्रतिक्रियाहरु

[anycomment]