संसद अधिवेशन अन्त्य गर्न सिफारिस !

२०७७ असार १८ गते, बिहीबार

काठमाडौं , १८ असार । आजको मन्त्रिपरिषद‍्को बैठकले आज साँझ ५ बजेबाट संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता समेत गरेका थिए ।
वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानन्त्री ओलीको राजीनामा माग भएसँगै अचानक संसद अधिवेशन अन्त्य गर्न सिफारिस भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]