घाटी रेटेर हत्या
सिरहा, १० कार्तिक । सिरहाको बडहरामाला गाविसमा आज एक जना महिलाको घाटी रेटेर हत्या गरिएको भेटिएको छ ।पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको बडहरामाल गाविस–५ मा पर्ने भेडवा पूलमा हत्या गरेर फ्याँकिएको अवस्थामा आज बिहान करिब ३५ वर्षिया महिलाको शव भेटिएको हो ।
लोकमार्ग छेउमै फालिएको अवस्थामा आज विहान शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घाँटी रेटिएको अवस्थामा रहेकाले हत्या गरी फालिएको हुन सक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् । शव नजिकै झोलामा मुलाको साग, चामल पनि भेटिएको बताइएको छ । हत्या भएको महिलाको पहिचान खुल्न सकेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।