‘ सुकुम्बासी विरोधी हर्कत नगर’

२०७७ असार २५ गते, बिहीबार

काठमाडौं , २५ असार । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले देवदह नगरपालिका वडा नं. ३ टटेराका भूमिहीन सुकुम्बासी जनतालाई अन्याय हुने गरी र दोषीलाई उम्काउने गरि गरिएको जनविरोधी हर्कत प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
जिल्ला इन्चार्ज सङ्गमले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै उक्त घटनालाई तोडमोड नगर्न र संवेदनशील बन्न अपिल समेत गरेका छन् । उनले टटेराबासी भूमिहीन सुकुम्बासी जनतालाई राजनीतिक प्रतिशोधकै कारण सत्ता र शक्तिको आडमा जग्गामा क्षति पुर्याएको र खनजोतमा रोक लगाएपछि जिल्ला जनअदालत रुपन्देहीमा मुद्दा परेको र उक्त मुद्दामाथि अनुसन्धानको क्रममा हिराबहादुर खत्रीलगायतको समूह दोषी देखिएकोपछि जनअदालतले कारवाही स्वरुप घर खाली गर्न सूचना टाँसेको बताएका छन् ।
उनले वक्तव्यमा केही राजनीतिक दलले टटेराका भूमिहीन सुकुम्बासी जनतालाई अन्याय हुने गरी निज खत्रीलाई निर्दोष देखाउने र जनविरोधी हर्कत लुकाउने उद्देश्यले प्रेरित भएर असार २३ गते विभिन्न आरोप लगाउँदै गरिएको वक्तव्यवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् । विज्ञप्तीमा उल्लेख छ, “यो घटनालाई लिएर देवदह नगरपालिकाका केही राजनीतिक दलको नाम उल्लेख गर्दै टटेराका भुमिहीन सुकुम्वासी जनतालाई अन्याय हुने गरि निज खत्रीलाई निर्दोष देखाउने र जनविरोधी हर्कत लुकाउने उद्देश्यबाट प्रेरित भएर २०७७ असार २३ गते कथित ‘स्थलगत जानकारी नलिइ’, र ‘गैरराजनीतिक’ भन्दै गरिएको वक्तव्यवाजीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनालाई तोडमोड नगर्न, घटनाप्रति गम्भीर बन्न र सचेत रहन सवै राजनीतिक शक्तिहरुमा अपिल गर्दछौँ ।”
उनले सत्य र न्यायको पक्षमा पूर्ण प्रतिवद्व रहदै तटेराबासी श्रमिक तथा भूमिहीन सुकुम्बासी जनताले न्याय नपाउँदासम्म निरन्तर सङ्घर्ष गर्ने र जनअदालतको फैसला कार्यान्वयन हुने समेत बताएको छ । यसभन्दा अगाडी असार ३ गते जिल्ला जनपरिषद् रुपन्देहीका प्रमुख जीवनले उक्त घटनाप्रति गम्भीर बन्न र सम्बन्धित निकाय जवाफदेही बन्न अपिल गर्दै विज्ञप्ती जारी गरेका थिए । त्यसपछि जिल्ला जनअदालत रुपन्देहीका प्रमुख कमलमणिले घटनाबारे जनअदालतमा मुद्दा परेको र अनुसन्धानको क्रममा खत्रीलगायत समूह दोषि प्रमाणित भएको भन्दै असार १८ गते देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीलाई १० दिनभित्र घर खाली गर्न भन्दै सूचना टाँसेको समाचार सार्वजनिक भएको थियो ।
सूचना टाँसिएपछि असार २३ गते देवदह नगरपालिकामा रहेका राजनीतिक दलहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नगर सचिव मनकुमार कनौजे, नेपाली कांग्रेस नगर सभापति गुणखर भुर्तेल, राप्रपा नगर अध्यक्ष माधव रिमाल, राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष हरी केसी, नेकपा माओवादी (क्रान्तिकारी) ऋषिराम लामिछाने र राष्ट्रिय जनमुक्ति पार्टी देवदह अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेको प्रेस वक्तव्य सार्वजनिक भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

२०८२ श्रावण २८ गते, मंगलवार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०८२ श्रावण २५ गते, शनिबार