‘जर्मनी चान्सलरको फोन २००२ देखि गुप्तचरी’
लण्डन,१० कार्तिक – अमेरिकाले सन् २००२ देखि नै जर्मनी चान्सलर एन्जेला मर्केलको फोनमा गुप्तरी गर्ने गरेको एक जर्मनी पत्रिकाले आरोप लगाएको छ । उसले यसबारेको सम्पूर्ण विवरण आफूसँग भएको दाबी गरेको छ । उसले एमेरिकी जासुसी निकाय नेशनल सेक्युरिटी एजेन्सीको विवरणमा मर्केलको नाम नम्बर एकमा रहेको उल्लेख गरेको छ ।मर्केल चान्सलर हुनु अघिदेखि नै अमेरिकाको उनको फोनको गुप्तचरी गरेको पत्रिकामा आरोप लगाइएको छ । उनको नम्बरमा अहिले पनि गुप्तचरी गर्ने गरिएको पत्रिकाको दाबी छ । मर्केल सन् २००५ मा जर्मनी चान्सलर बनेकी थिइन् ।
जर्मनीको डेर स्पिजेल म्यागेनिजले गरेको यो दाबीले अमेरिकी शहर वासिङ्टनमा सरकारी कदमको विरोध भइरहेको छ । हजारौ प्रदर्शनकारीले जासुसी गर्ने कामलाई सीमिति पार्न सरकारलाई दबाब दिएका छन् । प्रदर्शनकारीमध्ये केहीले गुप्तचर निकायका पूर्व कर्मचारी ईड्वार्ड स्नोडेनको समर्थनको व्यानर बोकेका छन् । स्नोडेन गोप्य सूचना चुहाएर देशबाट फरार भएका थिए ।पत्रिकाले मर्केलको फोनमाथि गरिएको गुप्तचरी कस्तो प्रकृतिको हो भन्नेबारे प्रष्ट नभएको बताएको छ । ‘मर्केलको फोन रेकर्ड भएको हुन सक्छ वा उनको सम्पर्कको विवरण लिइएको हुनसक्छ’, पत्रिकाले भनेको छ ।
गुप्तचरी आरोपबाट छानबिन गर्न जर्मनीले आफ्नो गुप्चतर निकायका उच्च अधिकारीलाई अर्को हप्ता अमेरिका पठाउने भएको छ । जर्मनी र फ्रान्सले शुक्रबार अमेरिकालाई यो बर्षको अन्त्यसम्ममा गुप्तचरी नगर्ने सम्झौंतामा हस्ताक्षर गर्ने आग्रह गरेका थिए ।
अमेरिकी गुप्तचर निकायले मर्केलको फोन मात्रै होइन्, लाखौं जर्मनी र फ्रान्सेली नागरिकको टेलिफोनको गुप्तचरी गरेको आरोप लगाइएको छ । उक्त पत्रिकाले अमेरिकाको नेशन सेक्युरिटी एजेन्सीले अब यूरोपेली सरकारलाई पनि निशाना बनाउन लागेको उल्लेख गरेको छ ।बर्लिनस्थित अमेरिकी दुतावासमा रहेको स्पेशन कलेक्शन सर्भिस नामक बिभागले जर्मनी राजधानीस्थित सरकारी भवनको फोन गुप्तचरीको काम गरेको आरोप लगाइएको छ । विश्वभर ८० स्थानमा यस्ता बिभाग रहेको र तीमध्ये १९ यूरोपियन सहरमा रहेको पत्रिकाले दाबी गरेको छ ।
यसअघि आफ्नो फोनको गुप्तचरी गरिएको खबर सार्वजनिक भएपछि बुधकार मर्केलले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई फोन गरेर दुख व्यक्त गरेकी थिइन् । मर्केलको प्रश्नमा ओबामाले आफूलाई गुप्तचरीबारे कुनै जानकारी नभएको उत्तर दिएका थिए ।फोन गुप्तचरीको घटना सार्वजनिक भएपछि मित्र राष्ट्र जर्मनी र अमेरिकाबीच कुननैतिक वैमनश्यता उत्पन्न भएको छ । – बीबीसी