नेकपाद्वारा सडक कालोपत्रे गर्ने काममा अवरोध नगर्न भारतलाई चेतावनी

२०७७ असार २७ गते, शनिबार

काठमाडौं , २७ असार । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले कञ्चनपुरकाे बेलाैरीमा निर्माण भइरहेको हुलाकी राजमार्गमा भारतीय पक्षले अनावश्यक विवाद झिकेर सडक कालोपत्रे काम अवरोध गरेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज सहदेव र जिल्ला सेक्रेटरी रविले एक प्रेस विज्ञप्ति जारी गरि उक्त निन्दनीय कार्यप्रति घाेर भत्र्सना गर्दै उक्त बाटो अवरोध कार्यले नेपाली स्वाभिमानमा ठेस पुगेको बताए ।
अाइतबार भारतीय पक्षले सुरक्षाकर्मीसहित प्रशासनिक अधिकारीकाे समुहले निर्माण स्थलमै अाएर सडक अवरोध गरेको कार्यकाे जति निन्दा गरेपनि कम हुन्छ जारी विज्ञप्तिमा भनिएको छ -‘भारतीय हस्तक्षेप अविलम्ब राेकि निमार्ण कार्य तत्काल अघि बढाउन अपिल गर्दछौं ।’
नेपाली भूमिमै अाएर सडक निर्माण कार्य नराेक्न चेतावनी दिदै यस्ता घृणित कार्य तत्काल नराेके नेपाली जनताले फेरि अाफ्नाे इतिहास देखाउन बाध्य हुने जारी विज्ञप्तिमा जानकारी गराइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार