आज धौलागिरी बन्द

२०७० कार्तिक १४ गते, बिहीबार

काठमाडौं, १४ कात्तिक । नेकपा–माओवादी लगायतको ३३ दलिय मोर्चाले प्रहरी प्रशासनले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आज धौलागिरीमा यातायात बन्दको आव्हान गरेको छ । राज्यले पञ्चायती शैलीमा आफ्ना कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्धा लगाउने काम गरेको भन्दै मोर्चाले त्यसको बिरोध स्वरुप यातायात बन्दको आव्हान गरेको जनाएको छ । मोर्चाले मंगलवार बागलुङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी पोखरामा प्रहरीले गिरफ्तार गरेका नेकपा-माओवादीका कार्यकर्ता लालबहादुर तमु लगायतका दशैभरबाट गिरफ्तारमा परेका ३३ दलिय मोर्चाका कार्यकर्ताको निसर्त रिहाइको माग गर्दै यातायात बन्दको आव्हान गरेको जानकारी गराएको हो । मोर्चाका जिल्ला सह–संयोजक ऋषिराम रोकाले राज्यले चारदलको आदेशमा पञ्चायती शैलीमा आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको आरोप लगाए । संबिधानसभा निर्वाचनको शान्तिपुर्ण बिरोधमा रहेका आफ्ना कार्यकर्तालाई गिरफ्तार गर्ने र अमानविय व्यवहार गर्ने गरेको उनको आरोप थियो

प्रतिक्रियाहरु

[anycomment]