ह्याकरको निशानामा कोरोना भ्याक्सिनबारेको अनुसन्धान !

काठमाडौँ , २ साउन । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एन.सि.एस.सी) ले रुसी गुप्तचरले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई निशाना बनाइरहेको चेतावनी दिएको छ । एन.सि.एस.सीले ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको दाबी गरेको छ । उसले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको छैन । खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको छ । रुसले आरोप अस्वीकार गरेको छ र कुनै पनि प्रकारको ह्याक नगरिएको वा त्यसको लागि ह्याकर परिचालन नगरेको दाबी गरेको छ । – एजेन्सी