प्रवासबाट चुनाव बहिष्कारको पक्षमा उत्साहजनक सहभागिता- हरि नेपाली

२०७० कार्तिक १४ गते, बिहीबार


युर्एइ- विदेशीको इशारामा चार दललाई हतियार बनाई मंसिर ४ मा गराउन लागिरहेको संविधानसभाको चुनाव बहिष्कारमा प्रत्यक्ष सहभागी हुनको लागि नेकपा-माओवादीका विदेशस्थित जनवर्गीय संगठनहरुबाट नेपाल भित्रिने र सशक्त बहिष्कारमा सहभागी हुने क्रम बढेर गएको छ । जनमुक्ति सेना नेपालका पर्ुव कम्पनी कमाण्डर समेत रहेका नेपाली जनप्रगतिशील मोर्चा, कुवेतका महासचिव दिपक विष्टले दिएको जानकारी अनुसार मोर्चाका सदस्यहरु जयराम फुलारा, उदीराम ओली कुमार चपागु, श्याम महरा लगायतका व्यक्तिहरु आ-आफ्ना जिल्लामा खटिइरहेका छन् । साथै नेकपा-माओवादीका महासचिव बादलसँग वर्तमान परिस्थितीको बारेमा छलफल भईरहेको र आफुपनि चाडै नै मंसिर ४ लाई लक्षित गरेर नेपाल फर्किन लागेको जानकारी दिए । माओवादी कार्यालय बुद्धनगरबाट सर्म्पर्कमा आएका नेपाली जनप्रतिशील मोर्चा यर्ुर्एइका उपाध्यक्ष साहस न्यौपानेले गृह जिल्ला रसुवाको बहिष्कार कार्यक्रमहरुमा सक्रियतापर्ुवक सहभागिता जनाई रहेको बताए । उनको तर्क थियो “खिलराज रेग्मीको सरकार आफ्नै छायाँदेखि पनि आतंकित भएर तर्सन थालेको छ जसको परिणाम संकटकाल विर्सर्ााे गरि सेना परिचालन गरेर धरपकडमा उत्रिएको छ।” जिल्ला संगठन नवलपरासीले दिएको जानकारी अनुसार यर्ुर्एइ मोर्चाका केन्द्रिय सदस्य रामशरण कडरिया र यम सारु मगर जिल्ला पार्टर्ीीग जोडिएर बहिष्कार कार्यक्रममा सहभागी भइरहेका छन् । सहिद परिवार तथा नेपाली जनप्रगतिशील मोर्चा, यर्ुर्एइका केन्द्रिय साँस्कृतिक विभागका संयोजक मनोज काउचा पनि एमाओवादीले आफ्ना बुवा लगायका शहिदहरुको भावनामाथि कुल्ची संसदीय भासमा डुबेर बिदेसीको गुलाम बन्दै देशलाई सिक्किमीकरण गर्ने हेतुले चुनावमा होमिएकोले कथित संविधान सभाको चुनावलाई ध्वंस गर्नुको विकल्प नभएकोले आफु पनि जिल्ला पार्टर्ीीपन्देहीको साथमा अभियानमा होमिएको जानकारी दिएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका भरत भट्ट पनि नेकपा-माओवादी लगायत ३३ दलीय मोर्चाले सुरु गरेको संविधानसभाको चुनाव बहिष्कारमा सक्रिय ढंगले सहभागी हुनेको लागि नेपाल फर्केर पोखराबाट अभियानमा जोडिसकेको बताए । अखिल -क्रान्तिकारी) जापानका अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च, जापानका सहसचिव अमोन पाण्डे लगायतका व्यक्तिहरु मंसिर ४ मा मञ्चन हुन गईरहेको नाटक ध्वंस गर्ने उत्साहका साथ बहिष्कार कार्यक्रमहरुमा सहभागी भइरहेको जानकारी मञ्चका अध्यक्ष हर्क थापाले दिएका छन् । साथै मञ्चका सम्पर्ुण्ा सदस्यहरुलाई विभिन्न माध्यमहरुबाट स्वदेश तथा विदेशमा रहेका आफन्त एवं इष्टमित्रहरुलाई चुनाव वहिष्कारको पक्षमा सुसुचित र जनचेतना अभिवृद्धि गर्नको लागि परिचालन गरिएको बताए ।
नेपाली जनप्रगतिशील मोर्चा, साउदीका अध्यक्ष विक्रम पौडेलले आम स्वाभिमानी तथा देशभक्त नेपाली नागरिकहरुलाई गोलबन्द गर्दै भारतीय विस्तारवादको ग्राण्ड डिजाइनमा हुन लागेको यो चुनावले नेपाललाई भारतको पुण्उपनिवेश बनाउने हुदा तपाईहरुको भोट देश बेच्ने लाइसेन्स नबनोस् भनेर सजग बनाउने अभियानमा लागेको बताउदै साउदीको मोर्चाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै साथीहरु जोडिएको र अझ कतिपय व्यक्तिहरु निर्वाचन विरुद्धको अभियानका लागि नै नेपाल फर्किन लागेको उनको भनाई थियो । साथै आफु स्वयंपनि नेपाल जाने तयारीमा रहेको जनाउ दिए ।
नेपाली जनप्रगतिशील मोर्चा, बहराइनका उपाध्यक्ष पञ्च चेमजोङ्गले केन्द्रिय कोषाध्यक्ष कृष्ण सुब्बा लगायतका व्यक्तिहरु बहिष्कार अभियानमा मोरङ्ग लगायत विभिन्न जिल्लामा जोडिएर सक्रियतापर्ुवका लागिरहेको बताए । उनले भने “हामी आफै पनि फेसबुक, ट्वीटर, फोन इमेल लगायत विभिन्न माध्यमहरुबाट कथित निर्वाचन बहिष्कारको अभियानमा सामेल छौ । ”
नेपाली जनप्रगतिशील मोर्चा, युर्एइका अध्यक्ष रमेश गिरीले केन्द्रिय सदस्य विर्ख लिम्बु लगायतका सदस्यहरु नेपाल र्फकने तयारीमा रहेकोले उनीहरु पनि चाडै अभियानमा जोडिने बताउनुका साथै राष्ट्रिय युवा जनस्वयंसेवक यर्ुर्एइका दिल तामाङ्ग लगायतका युवाहरु समेत केही समय पहिलेदेखि नै अभियानमा जोडिइरहेको जानकारी दिएका छन् ।
जबरजस्ती रुपमा जनयुद्ध र जनआन्दोलनबाट आएको मुख्य शक्ति नेकपा-माओवादी लगायतका दलहरुलाई प्रक्रियाबाट बाहिर राखेर संविधान निर्माण हुन नसक्ने बताउदै प्रवासबाट पनि प्रचारप्रसारका साथै प्रत्यक्ष रुपमा सहभागी हुने क्रम मंसिर ४ नजिकिदै गर्दा बढेर गएको छ ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु