बुटवल-पाल्पा सडकखण्ड पुनः अवरुद्ध

२०७७ श्रावण ३ गते, शनिबार


काठमाडौं , ३ साउन । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड पुनः अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोले बुटवलवाट स्याङजातर्फ जाँदै गएको एउटा ट्रक समेत पुरेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भने जारी रहेको बताइन्छ । सो स्थानमा पहिरो खसेर पटक पटक सडक अवरुद्ध हुने गरेको छ । दुई दिनअघि पनि सोही ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार