औषधि उत्पादक व्यवसायी आन्दोलित !

२०७७ श्रावण ४ गते, आईतवार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रतिवद्धता पूरा नगरेको भन्दै औषधि उत्पादक व्यवसायीहरू सरकारविरुद्ध आन्दोलनमा उत्रेका छन् । नेपाल औषधि उत्पादक संघ अध्यक्ष नारायण क्षेत्रीले नेपालको औषधि उद्योगको विकासका लागि धेरैपटक सुझाव दिएको र सो सम्बन्धमा सरकारले ‘सरकारले राम्रा निर्णयहरु गरेको भएपनि निर्णय कार्यान्वयन नभएको बताए । सरकारको नीति तथा कार्यक्रममा स्थानीय उद्योगलाई आधारभूत संरक्षण दिइने भनिए पनि कुनै कार्यक्रम लागू नभएको आन्दोलित औषधि उत्पादकहरूले बताएका छन् । नेपाल औषधि उत्पादक संघको आयोजनामा औषधि उत्पादकहरु केही दिनदेखि नेपाल औषधि विभागको कार्यालय अगाडि धर्नामा छन् । व्यवसायीहरुले केहीदिन देखि २०७४ सालको आत्मनिर्भरताका लागि गरिएको निर्णय लागू गर, हामी केही जान्दैँनौँ बिना दर्ता औषधि बेच्न मान्दैनौँ, जस्ता पम्प्लेट देखाएर प्रदर्शन गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयमा नेपाली औषधि उत्पादनको प्रोत्साहन र प्रवद्र्धनका लागि पटकपटक छलफल भए पनि छलफलमा भएका निर्णयहरू सरकारले कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको औषधि उत्पादकहरुको भनाइ छ । कोरोना संक्रमणको अवस्थामा औषधि उत्पादकहरुले स्यानिटाइजर लगायत स्वास्थ्य सामग्री तथा औषधि नेपालमै उत्पादन गरेको अवस्थामा पनि स्वदेशी उत्पादनको वेवास्था गरी विदेशबाट सो स्वास्थ्य सामग्रीहरु आयात गरेको उत्पादकहरुको गुनासो छ ।

प्रतिक्रियाहरु

[anycomment]