त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजबाटै खुल्ने !

काठमाडौं । गए मध्य रातवाट सरकारले लकडाउनको अन्त्य भएको घाेषणा गरेपछि त्रिभुवन विश्वविद्यालयले आज (बुधबार)देखि नै क्याम्पसहरु सञ्चालन हुने बताएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने बताइएको छ भने नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन मात्र सञ्चालन हुनेछन् ।
विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो। मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो।