आजबाट सार्वजनिक यातायातका साधन चल्ने, काठमाडौं उपत्यका छिर्न पास चाहिने

२०७७ श्रावण ८ गते, बिहीबार

काठमाडौं । आजबाट काठमाडौं उपत्यकालगायत देशैभर छोटो दुरीमा सार्वजनिक सवारी साधन चल्ने छन् । तर एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाईने छैन । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपूर जिल्लामा आवतजावत गर्न रोक लगाईने छैन ।
सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।
यसैबिच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै रहेको जनाएको छ । सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]