मधुश्रावणी पर्व सम्पन्न

काठमाडौँ । तराईका महिलाहरुले प्रत्येक वर्ष श्रावण कृष्णपक्ष पञ्चमी तिथिका दिनदेखि १४ दिनसम्म मनाउने मधुश्रावणी पर्व बिहीबार सम्पन्न भएको छ । यस पर्वमा नव विवाहिता महिलाहरु सजिएर गाउँ टोल नजिकको सार्वजनिक फूलबारीमा भेला भएर फूल टिप्ने गर्दछन् । महिलाहरुले टिपेको फूल सहितको डालोलाई राति घरको छत, आँगनमा राखेर प्रत्येक दिन विहान त्यही फूलले नै शिव गौरी तथा नागदेवताको पूजा गर्ने चलन रहेको छ ।