वीरगंज काराकारका ५ कैदीसहित ३० जनामा कोरोना संक्रमण

काठमाडौं । पर्साका सहायक प्रजिअ ललितकुमार बस्नेतले वीरगंज काराकारका ५ कैदीका साथै पर्सा र सो जिल्लामा विभिन्न पेशा व्यवसाय गरी बसेका अन्य २५ जना गरी ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिएका छन । नारायणि अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणका क्रममा थप ५ जना थुनुवा/कैदीसहित ३० जनाकाे रिपाेट पाेजेटिभ आएको हाे । लक्षण सहितका संक्रमित समेत देखिएकाे, केहिकाे मृत्यु भइसकेकाे र बाँकी केहिकाे अवस्था समेत निकै चिन्ताजनक भएकाेले गम्भिर बन्नुपर्ने अवस्था सृजना भएकाे पनि उनले बताए ।
जिल्लामा काेराेना संक्रमण बढेसँगै सुरक्षा सतर्कता बढाइएको छ ।